काठमाडौँ – राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ ।


ADVERTISEMENT


‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी डिजिटल कन्क्लेभमा उपस्थित २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरुले सात बुँदे साझा प्रतिवद्धतापत्र जारी गरेका हुन् ।


ADVERTISEMENT

# # #


सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक–आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न सामूहिक रूपमा सात बुँदे प्रतिवद्धता जाहेर गरेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताए ।

सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न कार्यक्रममा सहभागीहरुले प्रतिवद्धता जनाएका छन् । त्यस्तै सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने सहकारीकर्मीहरु प्रतिवद्धता जनाएका छन् ।

सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकुलन बनाउन साझा प्रतिबद्धता जनाएका छन् ।

सहकारी सहकारी डिजिटल कन्क्लेभको समापन समारोहमा बोल्दै महासंघका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमले सहकारीहरुलाई डीजिटाइज गर्न उत्साह थपेको बताइन् । कोभिडपछि सहकारीहरु विस्तारै डीजिटाइजतर्फ अघि बढेको स्मरण गर्दै अध्यक्ष मल्लले कन्क्लेभले थप उत्साह थपेको उनले प्रष्ट पारिन् । प्रविधिको प्रयोगसँगै सन् २०३० सम्म सहकारीको संख्या १० हजारमा झार्ने अभियानको योजनालाई सफल बनाउन मद्दत पुग्ने उनको भनाई थियो ।