काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्सले विसं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहिवार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीचकम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT

# # #


समारोहमा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै अधिकृत पराजुलीले सम्पूर्ण ग्राहक, बीमा अभिकर्ताहरु, संचालक पदाधिकारीहरु, कर्मचारीहरु तथा नेपाल बीमा प्राधिकरण्लगायत सबै सरोकारवालाहरुलाई नयाँ वर्षको अग्रीम शुभकामना व्यक्त गरे ।

उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने उनको भनाई छ ।

कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुले उपस्थित जनाएका थिए ।