काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा दोषी देखिए जस्तोसुकै पदमा पुगेका व्यक्तिलाई पनि कारवाही गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुमाथि अनुसन्धान गर्दा दोषी देखिए कारवाही गर्नुपर्ने बताएका हुन् । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा अहिले नै अनुसन्धान गर्ने निकायलाई अविश्वास गर्न नमिल्ने उनको भनाई छ ।


ADVERTISEMENT

# # #


सुशासन र भ्रष्टाचारमुक्त समाजको पक्षमा आफुहरु रहेको भन्दै उच्च मर्यादामा पुगेका व्यक्तिहरुले त्यसलाई पालना गर्नुपर्ने उनले जनाए । त्यस्तै महतले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको अफर नगरेको र अफर गरेको भन्नेलाई प्रमाण देखाउन चूनौती दिए ।

सरकारका मन्त्रीका रुपमा रहेका व्यक्तिहरु उपर लागेका आरोपहरुको अनुसन्धान गर्दा प्रभावित हुने बिषयलाई कांग्रेसले संसदमा उठाएको भन्दै यसलाई स्वभाविक रुपमा लिनुपर्ने उनको धारणा छ ।