काठमाडौँ– क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ ।


ADVERTISEMENT


संचालक समितिका अध्यक्ष ऋषिराज मोर पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन सभाले सर्वसम्मतले पारित गरेको हो । सभाले सर्वसाधारणलाई कम्पनीको साधारण शेयर निष्काशन गर्ने तथा सो कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।


ADVERTISEMENT

# # #


साथै बैठकले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित चालू आवको लागि बाह्य लेखापरिक्षको नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ ।

यसै अवसरमा सभामा संस्थापक समुहबाट ऋषिराज मोर, मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको संचालक पदमा र्निविरोध निर्वाचित भएका छन् ।