मोरङ– कांग्रेस नेता शेखर कोइरालाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको आगमन उपयुक्त समयमा नभएको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


प्रेस यूनियन मोरङले विराटनगरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘भारतीय विदेशमन्त्री स्वराज अहिलेको समयमा नआएर पछि आउँदा हुने थियो ।’ उनी वर्तमान सरकारसँग कुरा गर्न आउने कुनै तुक नै नभएकोले भावी प्रधानमन्त्रीसँग कुरा गर्न आएको हुनुपर्ने कोइरालाले बताए । भावी प्रधानमन्त्री केपी ओलीले नै भारतलाई एक जना विदेश दूत पठाइदिन आग्रह गरेकोले स्वराज आउनु भएको उनले बताए ।


ADVERTISEMENT

# # #


मुलुकको भावी प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले सम्पति शुद्धिकरणको बारेमा दिएको अभिव्यक्तिप्रति कोइरालाले आपत्ति जनाएको छ । ‘सम्पति शुद्धिकरण लागू नगरे मुलुक संकटमा फस्छ’ उनले भने, ‘यसले मुलुकमा आर्थिक संकट आउनुका साथै विश्व परिवेशबाट नै अलगथलग हुने विषम परिस्थितिको सामना गर्नुपर्छ ।’ ओलीजीले कसका लागि र किन त्यस्तो अभिव्यक्ति दिनु भएको आफूलाई जानकारी नभएको तर यो अत्यन्तै गम्भीर विषय भएकोले सबैलाई सचेत हुनुपर्ने उनको भनाइ थियो ।