काठमाडौँ– दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री शुष्मा स्वराजले एजेण्डा केही नभएको र राजनीतिक भ्रमणमात्रै भएको बताएकी छन् ।


ADVERTISEMENT


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले राजनीतिक भेटघाटका लागि आफु नेपाल आएको बताइन् ।


ADVERTISEMENT

# # #


स्वराज त्यहाँबाट सिधै सोल्टी होटल जानेछिन् । उनको सम्मानमा एमालेले रात्रीभोज राखेको छ र, त्यहीँ एमाले नेताहरुसंग भेटवार्ता हुनेछ ।

त्यसपछि स्वराजले राजपा नेताहरुलाई आजै भेट्ने छिन् भने राष्ट्रपति, प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।