काठमाडौं-एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी छलफल दुई अध्यक्षमै सीमित भएपछि वाम एकता संयोजन समिति बैठक औपचारिकतामै अल्झिन पुगेको छ । एमाले अध्यक्ष केपी ओलीको निवासमा बिहीबार बसेको बैठक पनि ठोस निर्णयबिनै टुंगियो ।


ADVERTISEMENT


बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतासम्बन्धी छलफल सकारात्मक दिशामै रहेको भनी ब्रिफिङ मात्र गरे । बैठकमा दुई दलबाट मुख्यमन्त्री र मन्त्रीहरूको बाँडफाँट टुंग्याउन गठित कार्यदलका नेता पनि सहभागी थिए । उनीहरूले पेस गरेको प्रतिवेदन बैठकले अनुमोदन गर्‍यो ।


ADVERTISEMENT

# # #


७० र ३० प्रतिशतका आधारमा मन्त्रीहरूको पद बाँडफाँट गर्ने, मुख्यमन्त्री र सभामुख एमालेले ४, ४ र माओवादीले २/२ लिने प्रतिवेदनमा उल्लेख छ ।

पार्टी एकताबारे भने बैठकमा ठोस छलफल भएन । ‘कार्यदलले दिएको रिपोर्टलाई संयोजन समितिले अनुमोदन गरेको छ,’ कार्यदल सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘अन्य विषयमा धेरै छलफल नै भएन ।’-आजको कान्तिपुरबाट