काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता दिपक खड्काले पर्यटन क्षेत्रलाई नेपाली काँग्रेसले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


लोकतन्त्रवादी पर्यटन संस्था निट– नेपालले काठमाडौँमा आयोजना गरेको सम्मान कार्यक्रममा पर्यटन व्यवसायी समेत रहेका नेता खड्काले काँग्रेसले पर्यटन क्षेत्रलाई राम्रोसँग बुझ्न नसक्दा समस्या परेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


“नेकपा एमालेले पर्यटन संस्थालाई भ्रातृ संस्थाको रुपमा मान्यता दिएको छ तर काँग्रेसले अहिलेसम्म शुभेच्छुक संस्थासम्म बनाउन सकेको छैन यो दुःखद कुरा हो,”– उनले भने ।

पर्यटन, उर्जा र कृषि क्षेत्रको विकास नभएसम्म मुलुकको विकास हुन नसक्ने उनको भनाई छ ।

आफुले २५ वर्ष पर्यटन क्षेत्रमा विताएको बताउने नेता खड्काले पर्यटन क्षेत्रलाई भ्रातृ संस्थाको मान्यता दिँदा पार्टीको शाख उच्च हुने बताएका छन् ।

निर्वाचनमा काँग्रेस हारेपनि सिद्धान्तको जित भएको भन्दै आगामी दिनमा पार्टीलाई जिताउनका लागि पर्यटनलगायत सम्पूर्ण क्षेत्रलाई समेटेर अगाडि बढ्नुपर्ने खड्काले बताएका छन् ।