काठमाडौं-फुटबल खेलाडीलाई आफैले खुट्टाले हान्ने र उल्टै रातो कार्ड देखाएर मैदान छाड्न बाध्य पार्ने एक रेफ्रीलाई ६ महिनाको प्रतिवन्ध लागेको छ ।


ADVERTISEMENT


फ्रेन्च लिग वानअन्तर्गत परिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेलमा नान्टेसका एक खेलाडीलाई खुट्टाले हान्दै रातो कार्ड देखाउने रेफ्री टोनी चाप्रोनमाथि ६ महिनाको प्रतिवन्ध लागेको हो ।


ADVERTISEMENT

# # #


नान्टेसका डिफेन्डर डिएगो कार्लोससँग ठोक्किएर र रेफ्री चाप्रोन मैदानमा लडेका थिए । तर, उठ्ने क्रममा उनले कार्लोसलाई खुट्टाले हानेर पहेंलो कार्ड देखाए ।

यसअघि पनि पहेंलो कार्ड पाइसकेकाले कार्लोसलाई पुनः रातो कार्ड देखाउँदै रेफ्री चाप्रोनले मैदान बाहिर पठाइदिए ।