काठमाडौं-अर्घाखाँचीका व्यवसायीहरुले शुक्रबार सदरमुकाम सन्धिखर्क बजार बन्द गराएका छन् । व्यवसायी माधव श्रेष्ठलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको विरोधमा बजार बन्द गराइएको हो ।


ADVERTISEMENT


जग्गा विवादमा स्थानीय सूर्य श्रेष्ठलाई कुटपीट गरेको आरोपमा माधव श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक मुद्दा लगाएको छ । कुटपिटबाट घाइते सूर्यको भने अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


विवाद मिलाउनुको साटो मुद्दा चलाएको भन्दै स्थानीय व्यापारी व्यवसायीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने कार्यक्रम पनि तय गरेका छन् ।