काठमाडौँ– माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।


ADVERTISEMENT


एसईई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


चैत २७ गतेसम्म चल्ने परीक्षामा यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी भएका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ, व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा दिन परीक्षा नियन्त्रण बोर्डले आग्रह गरेको छ ।

विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन पाइँदैन । त्यस्ता परीक्षार्थीहरुले मौका परीक्षा भने दिन पाउने छन् ।