काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको दाबीसहित २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अख्तियारले एमडीएमएस प्रकरणमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झासहित २० जनाविरुद्ध करिब एक अर्बको बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


ADVERTISEMENT

# # #


एमडीएमएस खरीदमा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ ३२ पैसा हिनामिना भएको पाइएको अख्तियारको दाबी छ । उक्त प्रकरणमा अख्तियारले पूर्व अध्यक्षद्वय खनाल र झासहित तत्कालीन निर्देशक आनन्दराज खनाल,हालका निर्देशक दीपेश आचार्य,सुरेन्द्र हाडा, अच्युतानन्द मिश्रसहितलाई विपक्षी बनाएको छ ।

त्यस्तै अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तो छ अख्तियारको आरोपपत्र: