काठमाडौँ – इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिया महिलाको हत्या अभियोगमा एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बिहीबार पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय बनेपाले कानमा लगाएका दुईवटा रिङ लुटेर व्यक्तिगत खर्च चलाउने उद्देश्यले एउटै घरमा भाडामा बसेकी ८३ वर्षिया लक्ष्मी तामाङलाइ फागुन १७ गते विहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटीस्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोहि घरमा डेरा गरी बसेका सुनसरी घर भएका २९ बर्षिय युवक अभिषेक अचार्जुले हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले जानकारी दिए । उनले तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको खुलेको बताए ।

लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैया लिएका थिए । उक्त रकमबाट अभिषेकले साथिहरुलाई तिर्नु पर्ने केहि रकम तिरेको बयान दिएका छन् ।

प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ ।