काठमाडौं-सिरहाको जग्गा व्यापारी लालु खानलाई गोली प्रहार गरी फरार अभियुक्त सुनिल यादव पक्राउ परेका छन् । यादव घटना भएको तीन वर्षपछि पक्राउ परेका हुन् ।


ADVERTISEMENT


२०७१ फागुन १ गते मिर्चैया २ झौलियाका लालु खानलाई गोली प्रहार गरी फरार भएका यादवलाई धनुषाको धवौलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीबार पक्राउ परेका उनलाई प्रहरीले जिल्ला अदालत सिरहामा हाजिर गराएको छ ।