काठमाडौँ – प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ ।


ADVERTISEMENT


सोमबार संघीय संसद भवनको शंकर हलमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


रायाविरुद्ध कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको समिति सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।