धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख जिर मियाँको निवासमा पुगेर राजीनामा पत्र बुझाएका हुन् ।


ADVERTISEMENT


उनले आजै प्रदेशसभामा विश्वासको मत लिने कार्यतालिका थियो । तर, विश्वासको मत पाउने सम्भावना नदखेपछि मुख्यमन्त्री शाहले राजीनामा दिएका हुन् ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिममा सत्तारुढ दल नेकपा माओवाली केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै शाहको सरकार कठिन मोडमा पुगेका थियो । तर, नेकपा एकीकृत समाजवादी पार्टीको बहिर्गमनसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए ।

त्यसपछि नागरिक उन्मुक्ति पार्टीले समेत सरकारबाट बाहिरिने निर्णय गरेसँगै शाहको सरकार ढलेको हो । कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा हाल ५६ सांसद छन् । बहुमतका लागि आवश्यक संख्या २७ हो । तर, काँग्रेससँग १८ र माओवादी केन्द्रसँग ११ तथा नेकपा एमालेसँग १० सदस्य रहेका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ७ र एकीकृत समाजवादी पार्टीसँग ५ सांसद रहेका छन् ।

सुदूरपश्चिममा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको छ ।