काठमाडौँ – नेपाल ‘ए’ विरुद्धको एकदिवसीय शृङ्खला आयरल्यान्ड ‘ए’ ले ‘क्लीनस्वीप’ गरेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल एलाई ६९ रनले पराजित गर्दै आयरल्यान्ड ‘ए’ ले शृङ्खला क्लिनस्वीप गरेको हो । आयरल्यान्ड ए ले पहिलो खेल २१ रनले र दोस्रो खेल एक सय १४ रनले जितेको थियो ।


ADVERTISEMENT

# # #


जितका लागि दुई सय ८५ रनको लक्ष्य पाएको नेपाल ३९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै दुई सय १५ रनमा समेटियो । नेपालका लागि अर्जुन कुमालले सर्वाधिक एक सय दुई रनको योगदान दिए ।

उनले एक सय १८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे । त्यसैगरी अर्जुन साउदले ३० बलमा चार चौका र तीन छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५/१५ रन बनाए । देव खनालले ११ रन जोडदा साहब आलमले छ रनमा आउट भए ।

आयरल्यान्ड ए को जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे । त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ८४ रनको योगफल बनाएको थियो ।