काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछनोको राजीनामा माग गरेको छ ।


ADVERTISEMENT


मंगलबार राप्रपाद्वारा जारी जनदबाब र्‍यालीमा हस्तक्षेप गरेको भन्दै राप्रपाले आफ्नो मागमा गृहमन्त्री लामिछानेको राजीनामा पनि थपिएको बताएको हो ।


ADVERTISEMENT

# # #


‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छौँ । आजबाट ४० बुँदेमा एक बुँदा थपियो ।’

४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाको प्रदर्शन भद्रकाली हुँदै सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा केही पक्राउ परेका छन् भने हस्तक्षेपबीच प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । झडपममा परी एक प्रदर्शनकारी गम्भीर घाईते भएका छन् । तनावलाई नियन्त्रमा लिन प्रहरीले अश्रुग्याँस तथा पानीको फोहोरा समेत प्रहार गरेको थियो ।

यसअघि राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र पेस गरेको थियो जसमा गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग रहेको थियो ।

संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने लगाएतका माग राख्दै राप्रपाले आन्दोलन गरिरहेको छ ।