सुनसरी– सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ ।


ADVERTISEMENT


धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १–०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिँदा भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई ईटहरी–२ हलगडामा बस्दै आएका राई घाईते भएका थिए ।


ADVERTISEMENT

# # #


बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।