झापा– झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका–३ का २५ बर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोवायल सहित पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–८ बाट दमक–९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।