तनहुँ – मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ ।


ADVERTISEMENT


पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्ने काम भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तनहुँको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्देमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुईतर्फी १५ किमी कालोपत्र गरिएको उनले बताए। ४१ दशमलव सात किमी दूरी रहेको पूर्वी खण्डका लागि छ अर्ब २१ करोड ३१ लख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

यस्तै पश्चिम खण्डमा दुई लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको इञ्जिनियर नारायण पौडेलले जानकारी दिए । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको उनले बताए।

३८ दशमलव ८८ किलोमिटर दूरी रहेको पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।