काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड तुलनात्मक कमजोर टोली लेभान्टेसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


लेभान्टेको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा रियल बराबरीमा रोकिएको हो । रियलका लागि सर्जियो रामोस र इस्कोले समान एक एक गोल गरे । लेभान्टेका इमुएल बोटेङ र जियामपाओलो पाज्जिनीले समान एक एक गोल फर्काए ।


ADVERTISEMENT

# # #


प्रतिस्पर्धात्मक बनेको खेलको ११ औं मिनेटमा रामोसले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । खेलको ४२ औं मिनेटमा लेभान्टेका बोटेङले गोल गरेपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको ८१ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । तर, खेलको ८९ औं मिनेटमा लेभान्टेका पाज्जिनीले गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै रियलले लिगको तेस्रो स्थानमा उक्लने मौका समेत गुमाएको छ । चौथो स्थानको रियलले २१ खेलबाट ३९ अंक जोडेको छ । लिगको शिर्ष स्थानमा बार्सिलोना, दोस्रोमा एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा भ्यालेन्सिया रहेको छ । रियल शिर्ष स्थानको बार्सिलोनाभन्दा १७ अंकले पछि छ । २० अंक जोडेको लेभान्टे १७ औं स्थानमा छ ।