काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।


ADVERTISEMENT


भेटघाटमा उनीहरुबीच बधाई तथा शुभकामना आदान–प्रदानका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबिच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताए । उनले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले सधैँ हाम्रो सम्बन्धका सबै पक्षहरूमा गतिशीलता र गुणस्तर बढाएको समेत बताए ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए ।

महामहिम राजदूत अबरार एच हाशमीले नेपाल र पाकिस्तानबिचको सम्बद्ध अत्यन्तै प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाइमा दुई मुलुक मिलेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल र पाकिस्तानबिच अवरुद्ध हवाई सेवा पुनः सुचारु गर्नुपर्नेमा जोड दिए ।