काठमाडौँ–  संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ ।


ADVERTISEMENT


आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदको तेश्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी गराएका हुन् ।


ADVERTISEMENT

# # #


यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीनवटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीनवटा विधेयक सभामा प्रस्तुत भैसकेको सभामुख घिमिरेले जानकारी दिए । त्यस्तै प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये “अनुगमन तथा मूल्याङकन विधेयक, २०७६” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । तेश्रो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएको उनले बताए ।

तेश्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महसुस गरेको बताए । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे ।

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्ने उनको भनाई छ । सभामुख घिमिरेले संसदको तेश्रो अधिवेशन अन्त्यसम्बन्धी सूचना पढेर सुनाएका थिए । त्यसअघि बैठक सुरु हुने बितिकै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएपछि सभामुखले कार्यसूचीमा रहेका कार्यक्रमहरु हटाएका थिए ।

सभामुखबाट जानकारी गराइएको हिउँदे अधिवेशनको कामकारबाहीको संक्षिप्त विवरण