धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका दुई सांसदहरुले दाबी पेश गरेका छन् ।


ADVERTISEMENT


आइतबार नाउपाका कैलाश चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्छुट्टै दाबी पेश गरेका हुन् । चौधरीद्वयमध्ये कैलाशलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन रहेको छ । साथै उनलाई स्वतन्त्र सांसद तारा जोशीले समेत साथ दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै, लक्ष्मण किशोर चौधरीलाई भने सरकारको प्रतिपक्ष नेपाली कांग्रेसको साथ मिलेको छ । उनले संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गरेका छन् ।