काठमाडौं-बाँके बैजापुरबाट नेपालगन्ज आउँदै गरेको बस पूर्वपश्चिम राजमार्गको अगैयादेखि तीन किलोमिटर पश्चिममा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।


ADVERTISEMENT


घाइतेमध्ये ६ जनाको अवस्था गम्भिर रहेको छ । राप्तीसोनारी गाउँपालिकाको बैजापुरबाट आज बिहान नेपालगन्ज आउदै गरेको ना ३ ख ९७५९ नम्बरको बस दुर्घटना अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


ADVERTISEMENT

# # #


ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार घाइतेहरुलाई उद्वार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । दुर्घटनाका कारण पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बस सडकमा नै पल्टिएका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्व भएको डिएसपी भट्टराईले जानकारी दिए । उनका अनुसार बस सडकबाट हटाएर राजमार्ग खुलाउने प्रयास जारी रहेको छ । राजमार्ग अवरुद्व भएपछि गतव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन् ।

यसैबिच दुर्घटनामा घाइते भएकाहरुको उपचारका कुनै पनी कमी हुन नदिन बाँके क्षेत्र नम्बर १ प्रदेश सभा क सांसद कृष्णा केसी नमुनाले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । बस दुर्घटनाप्रति दुख व्यक्त गर्दै सांसद नमुनाले घाइतेहरुको उपचारमा गम्भिर भएर लाग्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सडकमा नै पल्टिएको बसलाई छिटो भन्दा छिटो हटाएर राजमार्ग सुचारु गर्न सांसद नमुनाले सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।