काठमाडौँ – नेकपा एमालेले केन्द्रको सत्तासमीकरण अनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नागरिक उन्मुक्ति पार्टीभित्रको समस्याले सुदूरपश्चिममा सरकार बन्ने विषयका केही जिज्ञासा खडा भएपनि केन्द्रको गठबन्धन अनुसार नै सरकार बन्ने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेशमा वर्तमान मुख्यमन्त्रीले बहुमत गुमाएकाले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


संसदबाट सरकार बन्ने अवस्थासम्म संसद विघटन नहुने सर्वोच्चको फैसलाको नजिर अनुसार मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ । ज्ञवालीले सरकारबाट अप्रत्यासित हट्नुपर्दाको प्रतिशोध स्वरुप कांग्रेसले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय छानविन समितिको माग गरेको तर्क गरे । सचिवालय बैठकले बैशाख ८ र ९ गते हुने महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकको एजेण्डा तय गरेको छ । २१ सय ५३ महाधिवेशन प्रतिनिधि र विभिन्न आयोगका पदाधिकारी सहित २५ सय सहभागी हुने बैठकमा पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन र महासचिवले सांगठानीक प्रतिवेदन पेश गर्ने ज्ञवालीले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि परिषदको बैठकबाट आगामी चूनावमा पार्टीलाई बहुमत ल्याउने गरि तयारी गर्न आवश्यक निर्णय हुने एमालेले जनाएको छ । बैठकले नयाँ समीकरण र सरकारको कामकारवाहीका बारेमा छलफल भएको र सरकारको कामलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको ज्ञवालीले बताए ।