झापा– झापाको शिवसताक्षी नगरपालिका-७ स्थितमा रहेको कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


हिजो बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका–१० का ओम बहादुर बस्नेतको १२ वर्षिय छोरा विवेक बस्नेत नहरको साईफन जालीमा अड्किएर मृत अवस्थामा फेला परेका थिए ।


ADVERTISEMENT

# # #


मृतक बालकको शवलाई कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी मोरङको मंगलबारे अस्पताल पठएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।