काठमाडौँ – सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हालेका छन् ।


ADVERTISEMENT


यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिक रूपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगत्‌का सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेष गरी रक्षासग सम्बन्धित बिटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, सुभेच्छा र सहयोगका लागि आभार व्यक्त गरे ।

आज प्रवक्ताको जिम्मेवारी पाएका केसीले नेपाली सेना र आमसञ्चार जगत्‌बीचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायक रथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।