काठमाडौँ– आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ।


ADVERTISEMENT


चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो मानिने यस पर्वमा पनि ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्।


ADVERTISEMENT

# # #


वर्ष चार नवरात्र हुन्छन् । त्यसैले विगतमा चार किसिमका दशैँ धुमधामका साथ मनाउने चलन थियो । तर अहिले भने आश्विन शुक्ल पक्षको बडादशैँ र चैते दशैँ मात्रै मनाइन्छ । अहिले आषाढ र षौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकहरुले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । यसका साथै आजकै दिन मर्यादा पुरुषोत्तम श्रीराम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको मानिन्छ ।

चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान छ।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बाँकेमा बागेश्लवरीगायत शक्त्तिपीठमा बिहानैदेखि घुइँचो लागेको छ।