सिरहा– कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३८ वर्षपछि पक्राउ परेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय सिराहाले ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद सजाय तोकिएका इस्लाम मियाँ धुनिया ३८ वर्षपछि पक्राउ परेका हुन् । धुनियाले ३२ वर्षको उमेरमा खट्टर महतोको हत्या गरेका थिए भने हाल उनी ७० वर्ष भएका छन् ।


ADVERTISEMENT

# # #


धुनियाविरुद्व ९ कात्तिक ०३६ मा महतोको ज्यान मारेको कसुरसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतले १० माघ ०४२ मा मियाँलाई १० वर्ष कैद सजायको फैसला गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तराम सापकोटाले जानकारी दिए।

पक्राउ उनलाई आइतबार जिल्ला अदालतमा पेस गरेपछि त्यही दिन कैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको छ।