काठमाडौँ– बैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्।


ADVERTISEMENT


आफ्नै भतिजीलाई पटक–पटक जबरजस्ती करणी गर्दै आएको र गर्भवती भएको थाहा पाएपछि हत्या गरिएको अभियोगमा पक्राउ उक्त अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार गत चैत २६ गतेदेखि घरबाट हराएकी किशोरी तीन दिनपछि जंगलमा मृत फेला परेकी थिइन्। लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले किशोरीको शव डडेल्धुरा अस्पतालमा लगेर परीक्षण गर्दा १८ हप्ताको गर्भ रहेको र टाउकोमा चोटका कारण मृत्यु भएको खुलेको थियो।

अनुसन्धानका क्रममा ती व्यक्तिले भतिजीलाई पटकपटक जबर्जस्ती करणी गरी गर्भवती बनाएको र किशोरीले गर्भपतनका लागि इन्कार गरेपछि अभियुक्तले हत्याको बाटो रोजेको देखिएको बैतडीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।

सोमबार पुरचौडीबाट पक्राउ परेका पुरुषविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यान मुद्दा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। मृतक किशोरीले एक वर्षअघि आफूखुसी स्थानीय एक युवकसँग बिहे गरेकी थिइन्।

हाल उनका श्रीमान् रोजगारीका क्रममा आठ महिना अघिदेखि भारतमा रहेको प्रहरीले जनाएको छ।