धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि भएको दाबीमा नयाँ अवस्था सिर्जना भएको छ । केन्द्रीय सरकारको सहयात्री नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्रीका दाबेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिमको राजनीतिमा नयाँ मोड आएको हो ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाबाटै दुईवटा दाबी परेको थियो । जसअनुसार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको पक्षबाट कैलाश चौधरी र नाउपाका संरक्षक रेशम चौधरी पक्षबाट लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

कैलाशलाई नाउपाका रञ्जिा पक्षका केही सांसद, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए भने लक्ष्मणकिशोरलाई नेपाली काँग्रेससहित नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए । भागबण्डा अनुसार आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री नदिएको भन्दै एकीकृत समाजवादी काँग्रेसले खडा गरेका उम्मेदवारलाई समर्थन गरेको थियो ।

एउटै पार्टीबाट मुख्यमन्त्रीमा दोहोरो दाबेदारी परेपछि प्रमेख प्रमुख सोडारीले मुख्यमन्त्री नियुक्त गर्न सकेका थिएनन् । एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिको बाटो सहज बनेको छ ।