काठमाडौँ – नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । गृह सचिव अध्यक्ष रहेको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठक ढकालसँगै डीआईजी उमेशराज जोशीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


एआईजीद्वय सन्दीप भण्डारी र मिरा चौधरी उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएसँगै रिक्त रहेको पदमा उनीहरुलाई बढुवा गरिएको हो । हाल प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका ढकालको बढुवाले सरकारले एआईजीमा उपयुक्त पात्रलाई छनोट गरेको भन्दै प्रशंसा भइरहेको छ ।


ADVERTISEMENT

# # #


जहाँ ढकाल, त्यहाँ प्रशंसा र उत्कृष्ट कार्यसम्पादन

आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निवार्ह गर्दै आएका डीआईजी ढकाल नेपाल प्रहरीका कार्यसम्पादनमा उत्कृष्ट प्रहरी अधिकृतमध्येमा चिनिन्छन् । कार्यजिम्मेवारीका लागि उनी जहाँ जान्छन्, आफ्नो कामका लागि प्रसंशा पाउँदै आएका छन् ।

प्रहरी वरिष्ठ अधिकृतको रुपमा जिम्मेवारी निवाह गर्ने क्रममा ढकालले थुपै ठाउँमा आफ्नो प्रभाव छाडेका छन् । ढकालले झापा जिल्ला प्रहरी प्रमुख र सप्तरीको जिल्ला प्रहरी प्रमुखको रुपमा उत्कृष्ट कार्यसम्पादन गरेका थिए । यस्तै उनले एसएसपीका रुपमा ट्राफिक प्रहरी महाशाखाको प्रमुखको भूमिका निर्वाह गरेका थिए । त्यहाँ रहँदा उनले ट्राफिक व्यवस्थापनमा उच्च कार्यसम्पादन गर्दै प्रसंशा बटुलेका थिए ।

महाशाखामा रहँदा उनले विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बत्ती, सीसी क्यामेर जडानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै ट्रापिक सेवामा अनलाइन सेवा सुरुवात गरेका उनले विभिन्न स्थानमा ‘डमी ट्राफिक’ राखेर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाएका थिए ।

ढकालले महाशाखामा हुँदा ट्राफिक सचेतना कार्यक्रमलाई व्यापक रुपमा विस्तार गरेका थिए । भद्रगोल अवस्थामा रहेको उपत्यकाको ट्राफिक व्यवस्थापन सुधान गर्ने प्रहरी अधिकृतका रुपमा नागरिकले भीम ढकाललाई चिन्ने गरेका छन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टका सुरक्षा प्रमुखका रुपमा समेत उनले जिम्मेवाी निवार्ह गरेका थिए । करिब ४–४ महिनाका बीचमा नै उनकै नेतृत्वमा विमानस्थल प्रहरीले २० किलो भन्दा बढी अवैध सुन बरामद गरेको थियो ।विमानस्थल प्रहरीलाई सही मार्गमा डोर्याउँदै उनले विमानस्थल सुरक्षाको विषयमा नयाँ मापदण्ड बसाएका थिए ।

ढकालले कर्णाली प्रदेश प्रमुखको रुपमा समेत आफ्नो कार्यकुशलता प्रस्तुत गरेका थिए । जहाँ जनताकेन्द्रित प्रहरी सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गराएका थिए । कर्णालीमा रहँदा उनले लागूऔषध विरुद्धको अभियान चलाएका थिए भने पीडित सहायता केन्द्रको स्थापना गरेका थिए । कर्णालीमा उनलेका कामका लागि त्यहाँका जनता उनको मुक्तकण्ठले प्रशंसा गर्छन् ।

हाल नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीमा रहेका उनी संगठनभित्र एक इमान्दार, कर्मठ र उत्कृष्ट प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । सबै ठाउँमा कार्यसम्पादनमा अब्ब्ल ठहरिएका ढकालको बढुवालाई प्रहरी अधिकृतहरुले उनको कार्यकुशलताको सम्मानका रुपमा बुझेका छन् ।