भद्रपुर – नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।


ADVERTISEMENT


रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार आज एक समारोहका बीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशी रू पाँच लाख रहेको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । उनलाई रू एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरे ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए । आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेले डा. रुइतलाई सम्मान गरिएको बताए ।

जन्म विसं. २०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा पिता सोनाम रुइत र मात केसाङ रुइतको गर्भबाट जन्मिएका ड. रुइतले सरल र कम लागतमा आँखामा हुने मोतीबिन्दु उपचारको चिकित्सा पद्धति ‘रुइतेक्टोमी’को सुरुवात गरेका छन् ।

यस्तै, तीक्ष्ण बुद्धिका धनी १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबर्ट, ड्रोन, मोटरसाइकल, साइकल लगायतका सामग्री निर्माण गर्नुभएको छ । उनलाई उक्त कार्यमा प्रोत्साहित गर्ने उद्देश्यले पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा प्रमख अतिथि खापुङ, शिविष्ठ अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानको गतिविधि समेटिएको स्मारिका समेत विमोचन गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव नारायण ओलीले र सञ्चालन सञ्चाकर्मी लीला अनमोलले गरेका थिए । कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा. रुइतका बारेमा प्रतिष्ठानका महासचिव तुलसीप्रसाद ओलीले र सविनका बारेमा नारद न्यौपानेले प्रकाश पारेका थिए ।