भक्तपुरको प्रसिद्ध जात्रा बिस्केटको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात् हात नभएको लिङ्गो ढालिएको छ ।


ADVERTISEMENT


गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिङ्गो बुधबार ढाालिएको हो । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।


ADVERTISEMENT

# # #


त्यस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा रहेको छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।