काठमाडौँ – उपप्रधान एव गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


सहकारी प्रकरणमा छानविनका लागि मार्गप्रसस्त गर्नुपर्ने र राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मशाल जुलुस सहित प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले रवि लामिछानेको पुत्ला दहन समेत गरेका छन् । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर्नुपर्ने लगाएका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


सहकारी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठन गर्दा पनि सरकारले नमानेको र सरकारले सहकारी ठगहरुलाई जोगाउन खोजिएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ अनुराज शाहले बताए ।

नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।