ओखलढुङ्गा – दोस्रो ओखलढुङ्गा महोत्सव बुधवारदेखि शुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायतका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।


ADVERTISEMENT


महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको आकर्षणका रुपमा दैनिक कलाकारहरुको प्रस्तुति, जातीय समुदायको झाँकी, स्थानीय उत्पादन र एक सय ५० भन्दा बढी औद्योगित स्टलहरु रहेका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।