बुटवल – नेकपा एमालेभित्र लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लागेको छ ।


ADVERTISEMENT


एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस भएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


एमाले स्रोतका अनुसार ढकालले सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने भएका छन् ।

यसैगरि यसअघि संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

ज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र साझ शपथग्रहण हुने तयारी हुँदै गरेको सरकारका प्रवक्ता दीपेन्द्र पुनले बताए ।