जनकपुर– जनकपुरमा जलिरहेको अवस्थामा एक युवती र ९ महिने बालिकाको शव बरामद भएको छ ।


ADVERTISEMENT


युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको थियो ।


ADVERTISEMENT

# # #


राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो । मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए ।

उनका अनुसार जलेर मृत्यु भएकी बालिका करिब ८/९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।