काठमाडौँ– लागू औषध मुद्दा अभियोगमा पक्राउ नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् । लागू औषध मुद्दा अभियोगमा फरार रहेको भन्दै बूधवार पक्राउ परेका उपाध्यक्ष लामा आज छुटेका छन्।


ADVERTISEMENT


स्रोतका अनुसार लामाले आफूसँग स्टे अर्डर भएको प्रमाण प्रस्तुत गरेपछि काठमाडौं जिल्ला अदालतले बिहीबार लामालाई छाडेको हो। उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका कारण अदालतले छाडेको बुझिएको छ।


ADVERTISEMENT

# # #


झन्डै १७ वर्षअघि  ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएका लामालाई प्रहरीले ५ वर्ष कैद सजाय भएको र ४ वर्षभन्दा बढी कैद भुक्तान हुन बाँकी रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो।