राहुल गुप्ता, बारा – नेपाल विधार्थी संघ बाराले नेविसंघको ५५ औँ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमसँगै प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण गरेको छ ।


ADVERTISEMENT


नेविसंघ बाराको आयोजनामा बिहीबार प्रादेशिक अस्पताल कलैयामा पुगेर बिरामीहरुलाई फलफूल वितरण गर्नुको साथै अस्पतालले उपचारमा गरेको कामको बारेमा जानकारी समेत लिएका छन् । नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सह–महामन्त्री, नेपाली काँग्रेस बाराका जिल्ला सचिव एवम् चर्चित युवा नेताराजेश रौनियारको नेतृत्वमा उक्त फलफूल वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


जनताको स्वास्थ्य सेवा पहुँच पुर्‍याउन जनताको भावना बमोजिम अस्पतालले काम गर्ने उद्देश्यले प्रत्येक सालझैँ यसपालि अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल विधार्थी संघ जिल्ला कार्य समिति बाराले जनाएको छ । नेविसंघमा आवद्ध जिल्लाभरिका विधार्थीहरुले कलैयामा नगरपरिक्रमा गर्नुको साथै स्थापना दिवसको खुशीयालीमा साँझपख दिपावली समेत गर्ने कार्यक्रम रहेको नेविसंघले जानकारी दिएका छन् ।

फलफूल वितरणमा सहभागी हुँदै युवा नेता राजेश रौनियारले कतिपयलाइ नेविसंघले नेता बनाई सकेकोले नेविसंघ कसैले भुल्न नहुने बताए । कलैया प्रादेशिक अस्पतालमा बिरामीहरुको मनोबल मजबुत बनाउनका लागि फलफूल वितरण कार्यक्रम उत्साहित बनाएको बताए ।आफुपनि विधार्थीकालदेखि राजनीति गर्दे आएको सम्झना गर्दे अहिले पार्टीमा जुझारु भई काम गरिरहेको बताए ।

नेविसंघमा गोलबद्ध सबैले विधार्थीहरुको हकहितमा आवाज उठाउनुपर्ने आवश्यकता समेत रहेको चर्चित युवा नेता रौनियारले बताए । शिक्षामा विभेद गर्ने जो सुकैलाई कारवाही तथा राम्रो गर्नेलाई सम्मान गर्ने परिस्थिति नभए सम्म विधार्थीहरु मारमा पर्ने समेत उनले बताए ।

अस्पतालमा कसैलाई केही ,सेवा ,सुविधा राम्रो सँग नपाएको सिधा आफूलाई जानकारी भए सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत रौनियारले गरे । फलफूल वितरण कार्यक्रममा, समाजसेवी, बुद्धिजीवी, नेपाली काँग्रेसका, नेता, पत्रकार अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।