बुटवल – नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ ।


ADVERTISEMENT


विक्रम सम्बत् १८७१–७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्द कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो । त्यही खुशीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।


ADVERTISEMENT

# # #


शुक्रबार बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्याली पुल्चोक गणेशमन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तरराष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताए ।

उनले बुटवलमा रहेको जितगढी किल्ला यस क्षेत्रकै महत्वपूर्ण सम्पत्तिका रुपमा रहेको र यसको संरक्षण र प्रवर्द्धनमा संघीय सरकारले समेत विशेष चासो दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्वपूर्ण सम्पदाका रुपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभुति घोषणा गर्न संघ सरकारसँग माग गरे ।