काठमाडौँ – कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले पुनः नियुक्ति पछि शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


आइतवार प्रदेश सभा भवनमा आयोजित एक कार्यक्रम बीच प्रदेश सभामुख अम्बरबहादुर विष्टले पराजुलीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । संविधानको धारा १९५ अनुसार सभामुखको सिफारिशमा प्रदेश प्रमुखले प्रदेश सभाको सचिव नियुक्त गर्ने प्रावधान रहेको छ ।


ADVERTISEMENT

# # #


५ वर्षको कार्यकाल समाप्त भई अवकाश हुन लागेका पराजुलीलाई सभामुख अम्बर बहादुर विष्टको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले पुनः नियुक्त गरी म्याद थप गरेका हुन् । ०७६ साल बैशाख ८ गते नियुक्त भएका पराजुली यही ०८१ बैशाख ८ गते देखि अवकाशमा जान लागेका थिए ।

कार्यकाल पूरा गरेपछि पुनः एक कार्यकाल नियुक्ति हुन सक्ने कानुनी प्रावधान अनुसार उनलाई नियुक्ति गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । ६५ वर्षे उमेर हदका कारण उनले करिब साढे दुई वर्षप्रदेश सभाको सचिवको भूमिका निर्वाह गर्ने बताइएको छ ।