काठमाडौँ– नेक्सजेन म्यानेजमेन्ट र लगानी हबबीच व्यवसाय साझेदारीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी काठमाडौंमा आयोजित संक्षिप्त समारोहमा दुवै पक्षबीच सम्झौता भएको हो।


ADVERTISEMENT


सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराई र लगानी हबका अध्यक्ष विष्णु पोखरेलले हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT

# # #


नयाँ उद्योग व्यवसाय गर्नेलाई लगानीको स्रोत पुर्‍याउन लगानी हबले सहयोग गर्ने तथा लगानी पूर्व र लगानीपश्चातको विशेषज्ञ सेवा नेक्सजेन म्यानेजमेन्टले दिने गरी सम्झौता भएको बताइएको छ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो। लगानी हब प्रालि लगानीको नयाँ–नयाँ क्षेत्रको पहिचान गर्ने र ती व्यवसायमा लगानीको स्रोत पुर्‍याउने गरी स्थापित कम्पनी हो।

नेक्सजेनको कर्पोरेट कार्यालय मैतीदेवी मन्दिर रोडमा र लगानी हबको कर्पोरेट कार्यालय कमलपोखरीमा रहेको छ।