काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता कायम गर्न कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार मोरङको बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता डा.कोइरालाले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा राजनैतिक स्थिरता कायम हुन नसकेकाले निर्वाचन प्रणाली सुधार र आर्थिक विकास तथा सुशासनका एजेण्डामा कांग्रेस एमाले एक भएर अघि बढ्नुपर्ने बताए । उनले राजनैतिक स्थिरता नभए सम्म विकास समृद्धि, आर्थिक विकास र सुशासन कायम हुन नसक्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


बुढीगंगा गाँउपालिका वडा नं. ५ मा निर्माण हुन लागेको प्रशासनिक भवनका लागि स्थानीय सौहार्द कार्कीले ८ कट्ठा २ धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । करिब ११ करोड ८६ लाख रुपैयाको लागतमा निर्माण हुने बुढीगंगा गाँउपालिकाको प्रशासनिक भवनका लागि गाँउपालिकाले चालू आर्थिक वर्षमा १ करोड ५० लाख रुपैया विनियोजन गरेको जानकारी दिएको छ ।