काठमाडौँ– वेष्टइण्डिजले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।


ADVERTISEMENT


ओपनर जोनसन चार्ल्सको शतकमा वेष्टइण्डिजले टी–२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ र नेपालसामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।


ADVERTISEMENT

# # #


वेस्ट इन्डिज ‘ए’ का लागि जोनसन चाल्र्सले शतकीय अविजित इनिङ खेले । उनी ११९ रनमा अविजित रहे ।

आन्द्रे फ्लेचरले ५३ रनको योगदान दिए । एलिक अथान्जले २७, फाबिएन एलेनले १९ रन बनाएर आउट हुँदा किमो पल १३ रनमा अविजित रहे । बलिङमा नेपालका करण केसी र सागर ढकालले एकरएक विकेट लिए ।