काठमाडौँ– नेपाल विद्यार्थी संघ त्रिवि समितिले आज बृहत् हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ। ‘तपाईंको १ मिनेटले, कुरा सुन्न सक्छ सिनेटले भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT


कार्यक्रममा प्रमुख अतिथीसमेत रहेका नेविसंघ सहमहामन्त्री जोशीले बिगत लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्दा त्रिविमा विद्यार्थी संगठन र आम विद्यार्थीका गम्भीर समस्या माथी लापरबाही गरी हरेक मुद्दा र आन्दोलनलाई तुहाउदै आएको कुराप्रती नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण रहेको कुरा उल्लेख गरे ।


ADVERTISEMENT

# # #


यस्तै कार्यक्रममा विभिन्न संकायका विद्यार्थीको माझमा गई गरिएको हस्ताक्षर संकलन कार्यक्रमको बारे विद्यार्थी नेता हिमांक भण्डारी प्रष्ट पारेका थिए ।

विभिन्न किसिमका ९ बुदे माग राख्दै आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व त्रिवि नेविसंघ अध्यक्ष सम्झना खत्रीले गरेकी थिइन ।