काठमाडौँ–  नेपाल टेलिकमले आफ्नो स्थापनाको १४औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।


ADVERTISEMENT


आज कम्पनीको केन्द्रीय कार्यालयमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपाल टेलिकम देशकै पुरानो र ऐतिहासिक कम्पनी भएकाले देशका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य जस्ता नेपाली जनताको सरोकारका क्षेत्रमा समेत सहयोग गर्दै अगाडि बढिरहेको बताए ।


ADVERTISEMENT

# # #


उनले नेपाल टेलिकम सेवामूलक र नाफामूलक दुवै ढंगबाट अगाडि बढ्नु पर्ने बाध्यता भए पनि कम्पनीले ग्राहक गुनासो नआउने गरी गुणात्मक सेवामा ध्यान दिनु पर्ने बताए । कम्पनीले फोरजी सेवा विस्तार र फाइबरमार्फत सेवा प्रदान गर्ने कार्य अगाडि बढाइसकेकाले आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे।

सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर बिष्टले नेपालकै पहिलो दूरसञ्चार सेवाप्रदायक संस्थाको रुपमा परिचित नेपाल टेलिकमले अन्य देशमा भन्दा सस्तो दरमा सेवा प्रदान गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्दै कम्पनीमा कार्यरत दक्ष जनशक्तिका कारण नै यो सम्भव भएको बताए ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्राहकलाई प्रतिस्पर्धि मूल्यमा गुणस्तरीय सेवा प्राप्त होस् भन्ने प्राधिकरणको मूख्य उद्देश्य प्राप्तिमा टेलिकमले सहयोग पु¥याएको बताउँदै केही समयमै नेपाल टेलिकम फोरजीमार्फत देशभर सेवा प्रदान गर्न सक्षम हुने विश्वास ब्यक्त गरे ।

????????????????????????????????????

यस्तै नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीको समग्र अवस्था वारेमा जानकारी गराउदै वार्षिकोत्सवको अवसरमा सेवाग्राहीहरुका लागि विभिन्न प्याकेज तथा छुटको घोषणा गरिन् । उनले कम्पनीको प्रगतिमा सहयोग पुग्ने सकारात्मक सुझावलाई ग्रहण गर्दै ग्राहक सेवालाई मूल मन्त्र मानेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले ‘नमस्ते क्रेडिट’ सेवाको सफ्ट लन्च गर्नुभयो ।

‘ब्यालेन्स सापटी’को व्यवस्था

चौधौं बार्षिकोत्सवको अवसरमा  नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकहरुको ब्यालेन्स न्यून भएको अवस्थामा कल गर्दा ब्यालेन्स शून्य भई कल काटिने अवस्थामा क्रेडिटबाट अविच्छिन्न रुपमा सेवा प्रयोग गर्न सकिने सेवा ल्याएको छ ।

त्यसैगरी ब्यालेन्स शून्य अवस्थामा पनि क्रेडिटबाट सेवा प्राप्त गर्न सकिने छ । सो क्रेडिट रकम त्यसपछिको पहिलो रिचार्ज रकमबाट काटिने छ । सो क्रेडिट रकममा ग्राहकलाई अतिरिक्त शुल्क लाग्ने छैन । हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ ।

अन्य सेवाहरु

कम्पनीको चौधौं बार्षिकोत्सवको अवसरमा कम्पनीको विभिन्‍न सेवा प्रयोग गर्नु हुने सेवाग्राहीमा प्याकेज तथा छुटको व्यबस्था गरिएको छ। ती छुटहरु संक्षेपमा निम्मानुसार छन् :-

  • एडिएसएल सेवाको गती माघ २५ देखि ५ एमबिपीएसमा स्तरोन्नति गरिनेछ
  • Cross-bundling अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि ADSL सेवामा recharge गर्दा GSM वा CDMA मा डाटा बोनस उपलव्ध गरिने छ
  • हाल CUG सेवा GSM/CDMA Postpaid ग्राहकका लागि उपलव्ध हुँदै आएकोमा Prepaid ग्राहकहरुलाई समेत CUG सेवामा आवद्ध गरिने छ।
  • कम्पनीका जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ सम्मको लागिः
    • Unlimited Night Voice प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) ३ दिनका लागि रु. ३५/-
    • Unlimited All Time डाटा प्याकेज (कुनै पनि समयमा प्रयोग गर्न सकिने) २४ घण्टाका लागि रु. ५०/-
    • Unlimited Night डाटा प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) एक रातको रु. १५/-
  • रिचार्ज बोनसतर्फ माघ २३ देखि माघ २९ सम्मको लागिः
    • रू ५०, १०० र २०० को रिचार्जमा १०% बोनस
    • रू ५०० र १००० को रिचार्जमा १५% बोनस
  • PSTN सेवाग्राहीका लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकम छुट
  • माघ २५ देखि बैशाख २५ सम्‍मको अवधीको लागि छिमेकी राष्‍ट्र भारतमा कल गर्न रु.२/२२ पैसा देखि रु. २/३३ पैसा प्रति मिनेट सम्मका बिभिन्‍न आकर्षक प्याकेजहरू
  • अन्तर्राष्ट्रिय आगमन कल प्राप्‍त गर्ने कम्पनीका ग्राहकहरूलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढि कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा SMS पठाउन बोनस प्रदान गर्ने।
  • कम्पनीको FTTH सेवा प्रवर्धन गर्न मिति २०७४/माघ/२५ देखि २०७५/वैशाख/२५ सम्म ९० दिन FTTH सेवाका individual तथा corporate ग्राहकहरुलाई विभिन्न आकर्षक package हरु प्रदान गर्ने ।
  • साथै माघ २५ देखि बैशाख २५ सम्‍मको अवधीको लागि Spring Offer अन्तर्गत बिभिन्न आकर्षक प्याकेजहरु प्रदान गरिनेछ ।