महोत्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर– उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


जलेश्वर नगरपालिका( १ स्थित हाटबजार क्षेत्रमा ०७९/८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले उनीहरुविरुद्व आज विशेष अदालतमा मुद्दा दायर गराएको हो ।


ADVERTISEMENT

# # #


मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारीलाई पनि प्रतिवादी कायम गरिएको छ ।

यसैगरि, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव(इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैटौं झाले पीसीसी ढलान योजनाको वास्तविक भए गरेको भन्दा उपभोक्तालाई बढी भुक्तानी दिएका थिए । ५ लाख ८४ हजार ६३७ रुपैयाँ बढी भुक्तानी गरेको देखिएको भन्दै आयोगले सो बमोजिमको बिगो जरिवाना दाबी अख्तियारको आरोप छ ।